आज: २०८३ आश्विन २६, सोमबार | Mon, 12, Oct, 2026

भारतको हिमाचलमा परेको अबिर वर्षाको कारण ५० जनाले ज्यान गुमाए

२०८० श्रावण ३०, मंगलबार मा प्रकाशित ( ३ साल अघि) २२३३३ पटक पढिएको
नारी बाटिका


प्रबास खबर, ३० साउन ।

भारतको हिमाचलमा परेको अबिर वर्षाको कारण हालसम्म ५० जनाले ज्यान गुमाई सकेका छन् । केही दिनदेखी भारतको हिमाचल प्रदेशमा अबिरण वर्षा परेपछी हालसम्म मृत्यु हुनेको सङ्ख्या ५० पुगेको हो ।

सोमबार मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले जनाए अनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति हराईरहेका छन्। त्यसैले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

भारतका विभिन्न राज्यका भागमा अझै अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाए अनुसार राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्था बन्द गर्न समेत निर्देशन दिएको छ।

भारतीय मौसम विज्ञान विभाग ‘आईएमडी’ ले राज्यमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी गराइ सकेको छ। राज्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार राज्यमा ७५२ सडक पनि बन्द गरिएको छ।

अनलाईन साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑