आज: २०८३ आश्विन २५, आईतबार | Sun, 11, Oct, 2026

अचानक बुढीगण्डकीमा आएको बाढीले ४० घर र दुई पक्की पुल बगायो

२०८३ आश्विन २५, आईतबार मा प्रकाशित ( १६ मिनेट अघि) १८७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ,२५ असोज ।

गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बुढीगण्डकी नदी थुनिएर आइतबार बिहानै साना,ठुला दाउराका टुक्रा,ढुंगा माटो तथा लेदोसहित आएको बाढीले ठुलो नोक्सान पुर्याएको छ । उक्त बाढीले गोरखाको उत्तरी क्षेत्र हुँदै धादिङसम्म क्षति पुर्‍याएको हो।

यस संगै भदौ १० को भोटेकोशी बाढीले धादिङवेशी लगायत ७ गाउँपालिका जोड्ने मुख्य माध्यम मलेखु फुर्के खोलाको पुल बगाउपछी खाद्यान्न लगायतका सामान ढुवानी गर्दै आएको गोरखा र धादिङ जोड्ने आरुघाटको पक्की पुलसमेत आज बुढीगण्डकीमा आएको सोही बाढीले बगाएको छ ।

यसैगरी,आज आएको सोही बाढीका कारण करिब ४० घर र दुईवटा पक्की पुलसहितका संरचना बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ। नेपाली सेनाका अनुसार आइतबार बिहान ५ः५५ बजे बाढी आएको जानकारी प्राप्त भएको थियो। घटनाको जानकारी पाउन साथ घटनास्थलमा सुरक्षा टोली परिचालन गरी प्रभावित क्षेत्रमा रेकी तथा खोज र उद्धार कार्य भैइरहेको नेपाली सेनाले जनाएको छ ।

उद्धारका लागी आइतबार बिहान ६ः३६ बजे नेपाली सेनाको हेलिकप्टर गोरखातर्फ उडेको थियो भने बिहान ८ः३५ बजे चुमनुब्री–३ को जगत क्षेत्रबाट हेलिकप्टरमार्फत ६ जनाको उद्धार गरिएको बताएको छ ।

बिहान अ. ८ बजेतिर गोरखाको आरुघाट, धादिङको सल्यानटार, त्यसपछि धादिङको बेनीघाट क्षेत्र हुंदै आएको बुढीगण्डकीको बाढीले नदी कटान क्षेत्रमा निकै प्रभावित पारेको छ । अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनालगायत सुरक्षा समेन्त्रहरुको सक्रियतामा उद्धार तथा राहत कार्यका लागि टोली परिचालन भइरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑