आज: २०८३ आश्विन २५, आईतबार | Sun, 11, Oct, 2026

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आयो

२०८३ आश्विन २५, आईतबार मा प्रकाशित ( २0 सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


धादिङको पृथ्वी राजमार्ग गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग आइतबार दिउँसोदेखी दुबै तर्फ सन्चालनमा आएको छ।

भदौ १० मा भोटेकोशी हुंदै त्रिशूली नदीमा आएको बिनाशकारी बाढीले सडक किनार कटान गरेपछी गजुरी गाउँपालिका- ५ गलौदीस्थित पृथ्वी राजमार्गमा पटक पटक भासिएर सडक अवरुद्ध हुंदै आएकोमा आज दिउँसोबाट सडक दुईतर्फी सञ्चालनमा आएको हो।

एकातर्फ भदौ १० कै त्रिशुली नदीले मलेखुस्थित फुर्केखोलाको पक्की बगाएपछी हालसम्म पनि उस्त स्थानमा पुल बनाउन सम्वन्धित निकायले चासो नदिएको अवस्था छ ।

वैकल्पिक उपायको रुपमा लिएको गोरखा र धादिङ जोड्ने आरुघाटको पक्की पुलसमेत आज बुढीगण्डकीमा आएको आकास्मिक बाढीले दशैंको मुखमा पुल बगाउँदा धादिङका नागरिकमा खाद्यान्न,पेट्रोल,डिजेल,खाना पकाउने ग्यास लगाउतको संकट पर्ने अवस्था देखिएको छ ।

यता पृथ्वी राजमार्गको गजुरीको गलौंदीमा सडक भासिएर धादिङका नागरिकमा एक खालको निरासा पैदा भएको अवस्थामा उक्त स्थानमा पाँच वटा एक्साभेटर, दुई वटा लोडर र ६ वटा टिप्पर प्रयोग गरेर ब्याक कटिङ गरी भासिएर क्षतिग्रस्त सडक संन्चालनमा ल्याउन तिब्र रुपमा काम भएको थियो

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
सडक भासिएर तत्काल बन्न नसक्ने अवस्था देखिएतापनि सुरक्षा निकाय र सडक कार्यालयको कडा प्रयासपछी आइतबार दिउँसो ३स्१० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑