आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

धादिङ काँग्रेसका अभिभावक सोमनाथ ढुंगानाको निधनले पार्टीलाई ठुलो क्षती पुगेको : सभापति देउवा

२०८० श्रावण ३१, बुधबार मा प्रकाशित ( २ साल अघि) १२८०१ पटक पढिएको
नारी बाटिका


धादिङ, ३१  साउन

नेपाली काँग्रेस धादिङका अभिभावक सोमनाथ ढुंगानाको निधनले पार्टीलाई ठुलो क्षती पुगेको सभापति शेर ब.देउवाले बताउनु भएको छ । बुधवार नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाले सोमनाथ ढुंगानाको १३ औं पुण्य तिथिमा श्रदान्जली व्यक्त गर्दै यस्तो बताउनु भएको हो ।

हक्की,निडर,सहासी र समाजको अभिभावकत्व भुमिकामा रहनु भएका ढुंगानाको निधनले पार्टीलाई ठुलो क्षती पुगेको बताउनु हो । स्वर्गिय सोमनाथ ढुंगानाको १३ औँ पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले पञ्चायत कालमा पनि नेपाली काँग्रेस पार्टीलाई ठुलो सहयोग गरेको भन्दै प्रजातान्त्रीक आन्दोलनमा उहाँले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो ।

ढुंगानाको १३ औँ पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गर्न बुधवार धादिङबेशी स्थित मृतक ढुंगानाकै निबासमा आउनु भएका सभापती देउवा श्रदान्जली सभाका प्रमुख अतिथी समेत रहनु भएको थियो । धादिङ जिल्लाको नेपाली काँग्रेस पार्टीलाई यहाँ सम्म पुर्याउनको लागि सोमनाथ ढुंगानाले धेरै योगदान गरेको भन्दै उहाँको निधनले पार्टीलाई क्षती पुगेको बताउनु भएको हो ।

श्रदान्जली सभाकै प्रसंगमा सभापति देउवाले सोमनाथ ढुंगानाको सुपुत्र तथा नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाले विकास निर्माण लगायतको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गर्नु भएको छ । स्वर्गीय सोमनाथ ढुंगाना प्रति श्रद्धाञ्जली दिनु हुदै देउवाले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।

साथै श्रदान्जली सभामा सहभागी भएका धादिङका नेता तथा हजारौं कार्यकर्तालाई लक्षित गर्दै देउवाले आगामी निर्वाचनमा जिल्लाभर काँग्रेस पार्टी प्रति जनलहर ल्याउन समेत आग्रह गर्नु भएको छ । यसैगरी नेपाली काँग्रेसका नेता तथा पुर्व उपसभापति विमलेन्द्र निधिले सोमनाथ ढुंगाना जस्ता शताब्दी पुरुषको योगदानकै कारण पार्टी यहाँसम्म आएको बताउनु भयो।

कार्यक्रममा विशेष अतिथी समेत रहनुभएका निधिले आगामी पाँच बर्ष अहिलेको गठबन्धन कायम रहने स्पष्ट पार्नु भएको छ । स्थायी सरकार भनेको नै अहिलेको सरकार भएको भन्दै निधिले प्रधानमन्त्री फेरिए पनि गठबन्धन नफेरीने स्पष्ट पार्नु भएको हो।

नेपाली काँग्रेस धादिङका सभापति तथा प्रतिनिधि सभाका सदस्य रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पुर्व उपसभापति विमलेन्द्र निधि,नुवाकोट जिल्लाका पार्टी सभापति,नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु,प्रदेश सांसद,महासमिति सदस्य,नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि लगायत शुभेच्छुकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस