आज:  | Wed, 01, May, 2024

मंगलवार धादिङमा ४५ जनामा डेंगु संक्रमण पुष्टि

१२ भाद्र २०८०, मंगलवार १९:४७ मा प्रकाशित ( ८ महिना अघि) ४११ पाठक संख्या
नारी बाटिका


धादिङ,१२ भाद्र ।
बिगतको तुलनामा पछिल्लो समय धादिङमा डेंगुका बिरामीको संख्या घट्दै गएको देखिएता पनि मंगलवार ४५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार नीलकण्ठ नगरपालिकाका ३१ जना, त्रिपुरासुन्द्यरी गाउँपालिका ६ जना, बेनीघाट रोराङ गाउँपालिका ३ जना, सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका २ र २ जना गरी ४५ जनामा डेंगु पुष्टि भएको हो ।

धादिङ जिल्लामा हाल सम्म २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै २ हजार ३७ जना संक्रमित भइसकेका छन् ।

यस्तै ज्वालामुखी गाउँपालिकामा ८१ जना, बेनीघाट रोराङ ६२, सिद्धलेकमा ६३, त्रिपुरासुन्दरीमा ४४, गजुरीमा २५, गंगाजमुनामा २०, खनियाबासमा १६, रुवीभ्यालीमा १३, नेत्रावती डबजोङमा १४, गल्छीमा ८ र धुनीबेशी नगरपालिकामा ७ जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् । धादिङका ११ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको हो ।

एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीलाई अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने,खान मन नलाग्ने लगायतका समस्या देखिने गरेका छन्।

डेंगु रोगुबाट बच्नको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप तथा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन चिकित्सकहरुले आग्रह गरिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस