
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धार्दिङ -८ वैशाख।
हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जसको कारण देशको हिमाली भू(भागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बादल लागेको छ भने बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले पहाडी र हिमाली भू(भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात भईरहेको छ । यस्तै आज दिउँसो हिमाली भू(भागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र बाँकी तराई भू(भागमा मौसम मूख्यतया सफा रहनेछ।
हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहितको मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ । मधेश प्रदेश,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश, तराई क्षेत्रमा तातो लहर चल्ने तथा उपत्यका लगायतका खोँचहरूमा तातो र गर्मी हुने सम्भावना छ ।
त्यस्तै आज राती हिमाली भू(भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू(भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक(दुई स्थानमा हल्का वर्षासहितको हिमपातको सम्भावना रहेको छ








प्रतिक्रिया दिनुहोस