आज: २०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

गृहमन्त्री गुरूङसँग प्रधानमन्त्री शाहद्वारा स्पष्टीकरण माग

२०८३ बैशाख ८, मंगलबार मा प्रकाशित ( १ महिना अघि) २०४७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -८ वैशाख ।

प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुदन गुरूङसँग लिखित स्पष्टीकरण माग गर्नु भएको छ ।

हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग व्यवशायीक सम्बन्ध जोडिएको तथा सम्पत्ति विवरणमा सेयर खरिद सम्बन्धी जानकारी लुकाएको तथ्य बाहिरिएपछी प्रधानमन्त्री शाहको ध्यानाकर्षण भएको हो।

उक्त प्रकरणको विषय बाहिरिएपछी गृहमन्त्री गुरूङले ऋण लिएर सेयर खरिद गरेको भन्दै आफ्नो तर्फबाट स्पष्टीकरण बुझाएका थिए। गृहमन्त्रीको सचिवालयका अनुसार सोमबार साँझ ६ बजे प्रधानमन्त्रीलाई लिखित जवाफ पेश गरिएको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस