आज:  | Sat, 11, May, 2024

आज जनै पुणिमा अर्थात रक्षा वन्धन धार्मिक विधी अनुसार नेपालीको घरघरमा क्वाँटी खाएर मनाईंदै

१४ भाद्र २०८०, बिहीबार ०८:०१ मा प्रकाशित ( ८ महिना अघि) ५३३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, १४ भदौ ।

आज जनै  पुणिमा अर्थात रक्षा वन्धन धार्मिक विधी अनुसार नेपालीको घरघरमा क्वाँटी मनाईंदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा आजैका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी)पर्व देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजको दिन बिहानै देखि वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्ने गर्दछन् ।​ धार्मिक मान्यता अनसार तागाधारीले गुरु पुरोहितबाट विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र प्रत्यक मानिसको दाहिने हातमा धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास चलिआएको छ । ​

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान मन्त्रले तयार गरी ‘जेलेपछी अत्यन्त बलशाली दानवराज बली बाँधिएका थिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यता रही आएको छ । यिनै धार्मिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हाल आएर विषेश गरी तराई भागमा दिदी बहिनीले दाजु भाईको हातमा रंगी बिरंगी रङले बनाईएको राखी समेत लगाई दिने प्रचलित छ ।​

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षा सूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक कृष्ण प्रसाद अधिकारीले जानकारी दिनु भयो ।

यस्तै मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले विहान सबेरै उठी नुहाई शुद्ध भई आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो पनि गरी बसिन्छ ।

तर हिजो आज यस विधी हराउदै गएको बुडापाकाहरुको चिन्ता रहेको छ । धर्म शाश्रको विधि र नितिमा रहने जनहरु, धर्ममा बिस्वास राख्ने हरुले यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवी) फेर्नै गरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायक मन्दिर लगायत बागमती नदीको किनार र काठमाडौं उपत्यका लगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।

त्यसैगर िआज जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेदीक शास्त्रीय मान्यता समेत छ ।

यसरी विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको हुने भन्ने आर्युवेदिक चिकित्सकहरुको भनाइ छ।

आजकै दिन नेपालको तराई क्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदी बहिनी र दाजु भाईका बीचमा अटुट माया,स्नेह सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता रहेको पाईन्छ। काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम,मा भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

यसैगरी धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणी धाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा तथा आजैका दिन बिहानैदेखि मेला लाग्ने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस