आज:  | Sat, 11, May, 2024

नेवार समुदाय झिंगु नेवाः समाज धादिङको आयोजनामा आजदेखी लाखे जात्रा

१४ भाद्र २०८०, बिहीबार ०८:३८ मा प्रकाशित ( ८ महिना अघि) ६४० पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

धादिङबेशी , १४ भदौ ।

नेवार समुदाय झिंगु नेवाः समाज धादिङ बेसी को आयोजनामा आज गाइजात्रा हुने भएको छ । विषेश गरी घरका मानिसको मृत्यु भएको वर्षमा त्यही घरबाट गाईको आकृर्ती बनाई नेवार समुदायले मनाउने पर्व हो । साथै आज जनै पुर्णिमाको दिन भएको आजैका दिनबाट लाखे जात्रा पनि सुरु हुने भएको छ । झिंगु नेवाः समाज धादिङको आयोजनामा जनै पुर्णिमाको दिन अथात् आजै देखी धादिङबेसीमा लाखे जात्रा हुने भएको हो ।
बुधबार झिंगु नेवाः समाज धादिङवेशीले पत्रकार सम्मेलन गरि जात्राको महत्व,गाईको आकृर्ती बनाई बजारको चोकमा डुलाई गरिने पुजाको तयारीको बिषयमा जानकारी गराईएको थियो ।

परापुर्व कालदेखी विषेश गरी नेवारी समुदायको घनाबस्ती भएका क्षेत्रहरुमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तर्गत धादिङमा आज विहान ७ः ३० बजे बिच बजार चोक स्थित गणेश मन्दिरमा लाखेको विधिवत पुजा गरी जात्राको शुभारम्भ गरिने झिंगु नेवा समाज धादिङको महासचिव राजकुमार श्रेष्ठले बताउनु भयो ।

गाइ जात्राको अवसरमा यस वर्ष मुत्यु भएका १० जना नेवार समुदायका मृतकको फोटो सहित गाई निकालेर दिउँसो १ बजे मृतक परिवारको घरसम्म लाखे सहित गाइ जात्रा परिक्रमा गरिने झिंगु नेवा समाज धादिङले जनाएको छ ।

यसैगरि १५ गते हिले जात्राको अवसरमा निलकण्ठदक्याम्पस चोकदेखि साघुटारसम्म खेत रोपाइको नाटकमन्चन गर्दै लाखे परिक्रमा गर्ने,२१ गते सुगम टोल स्थित राधाकृष्ण मन्दिरबाट भगवान श्री कृष्णको रथ यात्रा निकाली लाखे सहित बजार परिक्रम गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिनु भयो ।

साथै असोज १ गते हरितालिका तिजको दिन बिच बजार चोकमा लाखे नाँच नचाईने र असोज २ गते विहान ७ ः३० बजे धादिबेशी बिच बजार चोक स्थित गणेश मन्दिर परिशरमा विधिपुर्वक रुपमा लाखे जात्राको समापन गरिने जनाएको छ ।

प्रत्येक वर्ष आजैका दिनबाट नेवार समुदायको विषेश जात्राको रुपमा लाखे जात्रा हुने भएकोले हरेक दिनको जात्रा दिउँसो १ बजे देखि राति ९ बजेसम्म संचालन हुने हुँदा स्थानिय प्रशासन, नगरपालिका तथा सम्पुर्ण धादिङबाशी जनसमुदायलाई सहयोग र सहभागिताको लागि झिंगु नेवा समाज धादिङले अनुरोध पनि गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस