आज:  | Sat, 18, May, 2024

संविधान दिवस तीन दिनसम्म मनाउने सरकारको तयारी

१७ भाद्र २०८०, आईतवार १७:४४ मा प्रकाशित ( ८ महिना अघि) ३४१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, १७ भदौ ।

नेपाल सरकारले संविधान दिवस तीन दिनसम्म मनाउनको लागी निर्णय गरेको छ । आईतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै संविधान दिवस मूल समारोह समिति गठन गरी संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

उक्त दिवसलाई विविध रचनात्मक कार्यक्रम सहित तीन दिनसम्म भव्यता पूर्वक मनाउने निर्णय गरेको हो । कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नको लागी बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको थियो ।

मुख्य कार्यक्रम अन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतना मूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुने भएका छन् ।

जस अनुसार असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक सङ्घ संस्था, शैक्षिक प्रतिष्ठानमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुने भएका छन् ।

यसैगरी असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यका बाहिर पनि विविध कार्यक्रम गरिने भएको छ ।

कार्यक्रम मुलसमितीको तर्पmबाट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल (प्रचण्ड)ले संविधान दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आम जनताको उत्सव भएको बताउँदै कार्यक्रमलाई आम समुदायको स्वामित्व हुनेगरी विस्तार गर्नु पर्ने बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस