आज:  | Sat, 18, May, 2024

संघीय निजामती सेवा विधेयक मङ्गलवारको क्याबिनेटले स्वीकृति गर्ने : प्रधानमन्त्री

१८ भाद्र २०८०, सोमबार १८:०९ मा प्रकाशित ( ८ महिना अघि) ४६७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,१८ भदौ ।

संघीय निजामती सेवा विधेयक २०८० मङ्गलवारको क्याबिनेट बैठकले स्वीकृति प्रदान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनु भएको छ ।शोमवार संघीय संसदका दुवै सदनको बैठकलाई संम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीय निजामती विधेयक मङ्गलवारको क्याबिनेटले स्वीकृति प्रदान गर्ने बताउनु भएको हो ।

संसदमा दर्ता गर्नका लागि क्याबिनेटले स्वीकृति प्रदान गर्ने उनले बताए ।

आज राष्ट्रिय सभामा सङ्घीयता कार्यान्वयनका लागि बन्न बाँकी रहेका कानुनका विषयमा विधायन व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदन माथी छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलवार सरकारले स्वीकृति प्रदान गरेर संसदमा दर्ता गर्ने जानकारी दिनु भएको थियो।

उहाँले भन्नु भयो , ‘संघीय निजामती विधेयक भोलिको मन्त्रिपरिषदबाट पारित गरेर सदनमा पेश गर्ने तयारी गरिरहेका छौँ। ढिलो भयो, अब थप ढिलो गर्नु उचित हुँदैन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस