आज: २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

सरकारलाई ४० वटा कानुन बनाउन राष्ट्रिय सभाको निर्देशन

२०८० भाद्र १९, मंगलबार मा प्रकाशित ( २ साल अघि) ६०१३ पटक पढिएको
नारी बाटिका


धादिङ १९ भदौ

संघीयता कार्यान्वयनका लागि बन्न बाँकी कानुनहरु तत्काल बनाउन राष्ट्रिय सभाले सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले तयार पारेको ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन’ प्रतिवेदनलाई छलफल पछि पारित गर्दै राष्ट्रियसभाले कानुन निर्माण गर्न ध्यानाकर्षण गराएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कानुन बनाउने प्रक्रियालाई सरकारले प्राथामिकताका साथ राख्नेछ भन्ने विश्वास लिएको बताउनु भयो ।
समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा संघीयता कार्यान्वयनका लागि संघले बनाउनु पर्ने ४० वटा कानुन अझै बन्न नसकेको उल्लेख गरिएको छ ।

संघीय कानुनको अभावमा परेर प्रदेश तथा पालिकाले समेत कानुन बनाउन नपाएको प्रतिवेदनमा भनिएको छ ।

उक्त प्रतिवेदन माथी छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता कार्यान्वयनका लागि बन्नुपर्ने कानुन बनाउन ढिलो भएको स्वीकार गर्दै अब गति दिने प्रतिबद्धता जनाउनु भयो ।

संविधान जारी भएपछि सरकारले एक सय ९१ वटा कानुन बनाइसकेको जानकारी दिँदै उहाँले अब बाँकी कानुन बनाउन सरकारले योजनाबद्ध काम गर्ने बताउनुभयो ।उहाँले संघीय निजामति विधेयक संसदमा दर्ता गर्नका लागि आज बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गर्ने जानकारी दिनु भयो ।

अनलाईन साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस