आज:  | Sat, 11, May, 2024

३४औँ स्थापना दिवसको अवसरमा कर्मचारी युनियनद्धारा बौद्धिक अपाङ्गता विद्यालयलाई खाद्यान्न बितरण

१९ भाद्र २०८०, मंगलवार १८:५३ मा प्रकाशित ( ८ महिना अघि) ३९५ पाठक संख्या
नारी बाटिका


धादिङ,१९ भदौ ।

निजामती कर्मचारी युनियन धादिङ शाखाले आज नमुना बौद्धिक अपाङ्गता आधारभुत बिशेष विद्यालयमा खाद्यान्न बितरण गरेको छ । नेपाल निजामती कर्मचारी युनियनको ३४ औँ स्थापना दिवसको अवसर पारेर मंगलवार विद्यालयमा युनियनमा आवद्ध कर्मचारीहरु सहभागी भई खाद्यान्न सहयोग गरेका हुन् ।

धादिङको नमुना बौद्धिक अपाङ्गता आधारभुत बिशेष विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खाना,बस्न र लगाउनको लागी ब्यवस्थापनमा निकै समस्या परेकोले सो समस्यामा सहयोग पुगोस भन्ने उदेस्यले चामाल, दाल, तेल, आलु नुन, बिस्कुट,फ्रुटी लगाएतको समाग्री वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनु भयो ।

धादिङ जिल्लाका ४ अपाङ्गता बिद्यालय मध्यको यस नमुना बौद्धिक अपाङ्गता आधारभुत बिशेष विद्यालय एक हो । यस विद्यालयमा ३१ जना फरक क्षमताका विद्यार्थीहरु अध्ययन गरी आवासमा समेत बस्दै आएका छन् ।

उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बहादुर पौडेल, बिदुर शर्मा, बालकृष्ण नेपाली, धादिङ शाखामा युनियनमा आवद्ध कर्मचारीहरु र कर्मचारी कल्याण बहुउदेश्यीय सहकारी संस्था लि.को अध्यक्ष परशुराम सुबेदी, विद्यालय ब्यस्थापन समितिको अध्यक्ष निशा अधिकारीको आतिथ्यता रहेको थियो ।

यसैगरी नेपाल निजामती कर्मचारी युनियन धादिङ शाखाले बिगतका वर्षहरुमा पनि यस्ता असहाय वर्गमा बिभिन्न किसिमका सहयोग गर्दै सामाजिक काममा सकृय हुँदै आएको छ ।

पछिल्लो समयमा हाम्रो समाजमा जन्मदिन,बिवाह वर्षगाँठ लगायतको अनावश्यक क्ष्त्रमा यस्ता विषेश गरी युवा वर्गले फजुल विषयमा निकै धन राशी खर्च गर्ने गरेका छन् । तर समाजमा पछाडी परेका वर्ग जो आफ्रनै हातले कमाई खान सक्तैनन् । तेसरी अनावश्यक क्षेत्रमा गरिने फजुल खर्चलाई कटौती गरी विपन्न तथा फरक क्षमता भएका वर्गलाई सहयोग गर्न सकै लाखवत्ती बाली सप्ताह लगाए सरी पुण्य मिल्ने धर्मविद्हरु बताउछन् ।

No description available.  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस