आज:  | Sat, 27, Jul, 2024

नेपाली कांग्रेस सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

२१ भाद्र २०८०, बिहीबार ०६:४७ मा प्रकाशित ( १0 महिना अघि) ३७२ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२१ भदौ

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव माथि खुकुरी प्रहार भएको छ । वुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भइ निस्कने क्रममा यादव माथि खुकुरी प्रहार भएको हो । यादवको अहिले ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

यादबलाई खुकुरी प्रहार गर्ने नुवाकोट विदुर नगरपालिकाका श्यामबाबु सापकोटालाई खुकुरी सहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताउनु भयो ।

ढुङ्गेलले यादबलाई किन खुकुरी प्रहार गरियो ? घटनाको विस्तृत विवरण आइनसकेकाले अनुसन्धान जारी रहेको जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस