
नारी बाटिका
भगवती उप्रेती
धादिङ,२३ भदौ ।
धादिङवेशीमा मोटरसाइकलले पैदल यात्री १ बालिकालाई ठक्कर दिदा बालिका गम्भिर घाईते भएकी छिन् ।
सुक्रबार बेलुकी अं.१८ः ३० बजेको समयमा जिल्ला धादिङ निलकण्ठ न.पा.३ एमालेचोक स्थित बसपार्कबाट बिचबजार तर्फ आउदै गरेको बा.प्र.०१ ०३० प २९७७ नंम्वरको मोटरसाइकलले पैदल यात्री ऐ. १३ घर भई हाल निलकण्ठ नगरपालिका ३ पुछारबजार कोठा भाडामा बस्ने यम बहादुर गुरुङको छोरी बर्ष ६ की सुनिता गुरुङलाई ठक्कर दिएको हो ।
उक्त मोटरसाइकलले बालिकालाई ठक्कर दिदा घाईते भई उपचारको लागी धादिङबेशी अस्पतालमा ल्याएको थियो। साथै घाईते भएकी बालिकाको टाउकोमा चोट लागी अवस्था गम्भिर रहेको जनाएको छ ।
साथै बालिकाको अबस्था गम्भिर रहेकोले राती नै काठमाडौं ग्र्यान्डी अस्पताल पु्याएको हो । बालिकाको राती नै अप्रेशन गरिएको र हाल उनी आइसिओमा रहेको जनाइएको छ
घटना स्थलमा जिल्ला प्रहरी कार्यलय धादिङबाट प्र.नि. को कमाण्डमा टोलि खटि गएको र मोटरसाइकल चालक निलकण्ठ निलकण्ठ नगरपालिका ८ बस्ने बर्ष २२ को रोशन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यलय धादिङको नियन्त्रणमा लिएको प्रहरी कार्यलय धादिङका प्रवत्ता एव् सुचना अधिकारी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो।








प्रतिक्रिया दिनुहोस