
धादिङ,२७ भदौ।
धादिङको खानिखोलाबाट ६ सय ५० ग्राम गाँजा सहित २ जना पक्राउ परेका छन् । धुनिबेशी नगरपालिका वडा नम्बर ८ खानिखोला स्थित त्रिभुवन राजपथबाट अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा काभ्रे जिल्ला रोशी गाउँपालिका–८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ थानकोट बस्ने २३ वर्षीय जीवन लामा र काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकी बस्ने २२ वर्षीय कमल श्रेष्ठ रहेको छन् ।
उनिहरुलाई खानिखोला ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बा.प्र.०२५ प ०५१२ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार करिब ६ सय ५० ग्राम गाँजा सहित पक्राउ गरी मुद्धा चलाईएको ईलाका प्रहरी कार्यलय खानिखोलाका प्र.नि. देवेन्द्र शाहले जानकारी दिनु भयो ।












प्रतिक्रिया दिनुहोस