आज:  | Mon, 06, May, 2024

संसदमा दर्ता भएको प्रस्तावित बिद्यालय शिक्षा ऐन शिक्षकहरुले जलाए

२८ भाद्र २०८०, बिहीबार १९:५६ मा प्रकाशित ( ७ महिना अघि) ४३१ पाठक संख्या
नारी बाटिका


धादिङ,२८ भदौ।

सरकारले संसदमा दर्ता गरिएको प्रस्तावित बिद्यालय शिक्षा ऐन शिक्षकहरुले आज धादिङमा जलाएका छन् । सुक्रबार नेपाल शिक्षक संघ, धादिङले संसदमा दर्ता भएको प्रस्तावित विद्यालय शिक्षा ऐन प्रति आक्रोस ब्यक्ति गदै प्रस्तावित ऐन जलाएका हुन् । नेपाल शिक्षक संघको अगुवाईमा धादिङको जिल्ला सदरमुकाम धादिङबेशीको बिचबजार चोकमा सुक्रबार दिनको ५ बजे उक्त ऐन जलाएर बिरोध गरेका थिए ।

बिरोध कार्यक्रममा सहभागी भएका शिक्षकहरुले यो निर्णय नसच्चिय थप आन्दोलनका कडा योजना तय गरिने चेतावनी दिएका छन् । सरकारले हाम्रा माग सबै सम्बोधन हुने मौखिक आश्वास दिँदै आएकाले हामीले संसदमा दर्ता नभइन्जेल सम्मलाई पर्ख र हेरको नीति अवलम्बन गरेका थियौ’, भदौ २७ गते विद्यालय शिक्षा ऐन संसदमा दर्ता भएसँगै विरोधमा उत्रिन बाध्य भएको कार्यक्रममा उपस्थित शिक्षकले बताएका छन् ।

शिक्षक संघ धादिङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ध्वस्त पार्ने मनसायले शिक्षकको पेसागत भविष्य माथि कुठाराघात गर्नेगरी सीमित शैक्षिक माफियाहरुको झुण्डले यो विधेयक तयार गरेको आरोप लगाएका छन् । उनीहरुले दर्ता भएको विधेयकमा गम्भीर असहमति रहेको पनि बताएका छन् ।

प्रस्तावित विद्यालय शिक्षा ऐन सार्वजनिक शिक्षा विरोधी,बिद्यालय शिक्षक, कर्मचारी बिरोधी रहेको नेपाल शिक्षक संघले बताएको छ। शिक्षकहरुले २०७५ साल फागुन ९ गते गरेको ३० बुदे सम्झौता, २०७८ साल फागुन ९ गते गरेको ५१ बुदे सम्झौता बिपरित सार्वजनिक शिक्षालाई ध्वस्त पार्न ल्याएको ऐनको बिरुद्धमा आफुहरु बिरोधमा उत्रिएको बताएका छन् ।

हामीले साङ्केतिक रुपमा आज प्रस्तावित विद्यालय शिक्षा ऐन जलाएर बिरोध गरिएको र अव आफुहरु ऐनको विरुद्ध रहेको भन्दै अव सार्वजनिक शिक्षाको पक्षमा, शिक्षकहरुको पक्षमा ऐन नआउनन्जेल आन्दोलन जारी रहने उद्घोष समेत गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस