आज:  | Tue, 07, May, 2024

आज राष्ट्रिय बाल दिवसका अबसरमा नारी जागरण केन्द्रले बालबालिकामा शैक्षिक सामग्री बितरण

२९ भाद्र २०८०, शुक्रबार ०८:१२ मा प्रकाशित ( ७ महिना अघि) ३८० पाठक संख्या
नारी बाटिका


धादिङ, २९ भदौ ।

आज राष्ट्रिय बाल दिवसका अबसरमा नारी जागरण केन्द्रले बाल बालबालिकामा शैक्षिक सामग्री बितरण गर्ने भएको छ । आज राष्ट्रिय बाल दिवसकै सन्धर्वमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस वर्षको नारा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल उदेस्यका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो।

संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गतेका दिन नेपालले अनुमोदन गरेको थियो। त्यसै दिनदेखी हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा नेपालले मनाइँदै आइएको छ।

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते लाई राष्ट्रिय बाल दिवस घोषणा गरी आजकै दिनमा मनाउन थालिएको थियो ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकार सम्बन्धी महासन्धि पारित भई नेपालले पनि यस ब्यवस्थालाई लागु गर्ने प्रतिवद्धता सहित । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरीएको दिनलाई नै सन्दर्भ पारेर बाल दिवस मनाउन थालिएको हो। सोही अनुसार नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउने निर्णय समेत गरी राष्ट्रिय बाल दिवस हरेक वर्ष भदौ २९ लाई घोषणा गरिएको छ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको विषयहरु समेटी सर्वांगीण विकासको प्रत्याभूत अबलम्वन गरेको छ । संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धता अनुसार सरकारले बाल अधिकार सम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यले संविधानले प्रत्याभूत गरेको बालबालिकाको हक र अधिकार कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भयो ।

‘मन्त्रालयले परिषद् तथा विभिन्न बालअधिकारका क्षेत्रमा कार्य गर्ने सङ्घ संस्थाको समन्वय र सहकार्यमा सडक बालबालिका, हराएका, बेवारिस फेला परेका, कानुन विपरीत श्रममा संलग्न रहेका तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गर्दै आएको उहाँले बताउनु भयो ।

यसबिच नारी जागरण केन्द्र धादिङले २५ वर्षदेखी धादिङ जिल्लामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको छ । साथै केन्द्रले धादिङका निलकण्ठ नगरपालिका,नेत्रावती डबजंङ गाउँपालिका लगायतका वडा स्थरिय महिला समुहलाई सहकारीमा रुपान्तरण गरी काम गदै आईरहेको छ । केन्द्रले स्थापना गरेका विभिन्न महिला सहकारीहरु मध्घ नारी बिकास सहकारी संस्थाको आज १७ औं साधारणसभा,पाँचौ अधिवेशन धादिङवेशीको बिपी स्मृती भवनमा सम्पन्न हुन गईरहेको छ ।

साथै नारी बिकास सहकारीसंगको सहकार्यमा केन्द्रले राष्ट्रिय बाल दिवसकै अबसर पारेर बालबालिकाहरुमा शैक्षिक सामग्री बितरण गर्न लागिएको केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस