आज:  | Mon, 06, May, 2024

नारी जागरण केन्द्रद्धारा ५९ औँ बाल दिवसका अबसरमा बालबालिकामा शैक्षिक सामग्री बितरण कार्यक्रम

२९ भाद्र २०८०, शुक्रबार २०:०० मा प्रकाशित ( ७ महिना अघि) ६४५ पाठक संख्या
नारी बाटिका


धादिङ २९ भाद्र
भगवती उप्रेती

आज धादिङको नारी जागरण केन्द्रद्धारा ५९ औँ बाल दिवसका अबसरमा बालबालिकामा शैक्षिक सामग्री बितरण कार्यक्रम गरिएको छ । ५९ औँ बाल दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको हो ।

“वालवालिकामा लगानी,सुनिश्चित भविस्यको थालनी’ भन्ने मुल नाराका साथ शुक्रबार नारी जागरण केन्द्र धादिङको आयोजनामा शैक्षिक सामग्री बितरण कार्यक्रम गरिएको हो । नारी जागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीको अध्यक्षता तथा धादिङका प्रमुख जिल्ला अधिकारी बद्धीनाथ गैरेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समुहका प्रतिनिधीहरुका बिचमा तिज गित प्रतियोगिता समेत गरिएको थियो ।

विशेष गरि बाल समुहका बालबालिका हरुमा केही शैक्षिक सामग्री बितरण गरी उनीहरुको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले केन्द्रले समय– समयमा विभिन्न किसिमको अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आइरहेको छ । केन्द्रले शुक्रबार वाल दिवसको अवसर पारी नारी बिकास सहकारी संस्था संगको सहकार्यमा समुहका महिलाहरुको प्रतिभा लाई उजागर गर्ने मुख्य उदेस्यले ४ विधा तर्फ तिजका अशसरमा  महिला समुह बिचमा तिजगित लेखी पतिसपर्दा गराएको  थियो  ।

लेखेर ल्याईएको गित बालदिवशकै कार्यक्रममा गायर महिलाको प्रतिभा लाई उजागर गराउने उदेस्यले आयोजना गरिएको तिज गित तर्फ निलकण्ठ नगरपालिका १२ उद्योमसिल महिला समुहकी कोषाध्यक्ष सावित्री धमला प्रथम भएकी छन् भने सोही समुहकी सदस्द सिता ढुंगाना पनि सन्मानित भएकी छन् । त्यस्तै कबिता विधा तर्फ निलकण्ठ १२ की गंगा घिमिरे सन्मानित भएकी  केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस