आज:  | Mon, 06, May, 2024

५९औं वाल दिवसमा४१६जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै,सहकारीको १७औं साधारणसभा तथा अधिवेशन सम्पन्न

३० भाद्र २०८०, शनिबार ११:५९ मा प्रकाशित ( ७ महिना अघि) ६९५ पाठक संख्या
नारी बाटिका


धादिङ ३० भाद्र

५९ औं  वाल दिवसका अबसरमा ४१६ जना बालबालिकालाई शैक्षिक साममाग्री प्रदान गर्दै, नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड नीलकण्ठ नगरपालिका ३ धादिङको  १७ औं साधारण सभा तथा ५ औं  अधिवेशन शुक्रबार सम्पन्न भएको छ । व्यक्ति व्यक्तिमा भएका थोरै पुँजीलाई एकत्रित गरी केही गर्न सामुहिक भावनाको विकास गराई महिलाको आयस्तरमा सहयोग पुर्‍याउने उद्दश्यले २०५८ सालमा नारी विकास बचत तथा ऋण सहकारी संस्था तदर्थ समितिको निर्माण गरी संस्थालाई सहकारी ऐन २०४८ सँग अनुबन्ध गराउने प्रयासको बाबजुद २०६३ मा डिभिजन सहकारी कार्यलय काठमाडौं दर्ता भएको संस्था हो ।

नारी जागरण केन्द्रले ेधादिङले जिल्लाका विभिन्न पालिकाका वडा तहमा निर्माण गरिएको महिला समुहलाई सहकारीमा रुपान्तरण गरी २०७२ सालमा केन्द्रले जिल्लाका ४४ महिला समुहमा परिचान गरी समुहको आयस्तर उकास्नको लागी न्युन व्याजदर तोकी सहुलियत कर्जा लगानी गरी समुहका महिलाहरुको जिवनस्तर उकास्न १५ लाख पचास हजार,३ सय ८० रुपयाँ केन्द्रकै सहयोगबाट स्थापित ३ महिला सहकारीलाई समुह सहुलियत कर्जा परिचालन गर्ने अनुदान दिएको थियो ।

जसमध्य यसै नारी विकास बचत तथा ऋण सहकारी संस्थामा निलकण्ठ नगरपालिका अन्तर्रगतको १देखी १४ वडाका २२ महिला समुहमा परिचालनमा लगानी गर्नको लागी १० लाख पचास हजार ३ सय ८० ,नारी जागरण महिला सहकारी मार्पाक लाई २ लाख ४३ हजार, महिला कृर्षी पर्यावरण कृर्षी सहकारी संस्था ज्यामरुङ लाई १ लाख १४ हजार संखादेबी महिला सहकारी संस्था ज्यामरुङ लाई हस्तान्तरण गरी गरिए अनुसार यस नारी बिकास सहकारी संस्था संचालन भैरहेको छ ।

त्यस्तै केन्द्रकै सहयोगमा २०७१ सालमा सहकारीले खरिद गरिएको जग्गामा केन्द्र र अन्य क्षेत्रको अनुदान सहयोगबाट निलकण्ठ नगरपालिका बिपी टोल स्थित ३ ढलानको पक्की सुविधा सम्पन्न भवन समेत निर्माण गरी हाल १ करोड ७३ लाख बराबरको संस्थाले स्थिर सम्पत्ती पनि बनाईसकेको छ । सोही भवनबाट सदस्यहरुमा सेवा बिस्तार गर्दै आईरहेको छ । साथै सयुत्त रुपमा सामाजिक सचेतनामुलक कार्य गर्नका लागी ५ लाख बराबरको वार्षिक बजेट विनियोन गरेको छ भने आगामी यसैवर्षदेखी संस्थाले आफ्नै भवनबाट लैङ्गिक हिंसा प्रभावितका लागि तथा दुवै संस्थाको कार्यलय रहेको भवनबाटै सुरक्षित आवास सञ्चालन गरिने लक्ष्यका साथ योजना निर्माण गरिएको छ ।

सहकारीले बचत ऋणको कारोबारमा मुख्य कार्यको साथमा सामाजिक कार्यमा पनि तिब्र गतिमा अगाडि बढिरहेको छ ।

१ हजार ४ सय ६४ सेयर सदस्य तथा ४ सयको हाराहारीमा बाल बचतकर्ता, करिब ५५० समुहका सदस्य रहेको उक्त सहकारीको समूह आरक्षण कोषतर्फ १२ लाख ६ हजार ८ सय ६८ रुपयाँ रहेको छ । लैंगिक हिंसा राहतकोषतर्फ ३ लाख ८३ हजार ५ सय ९ै रुपैयाँ रहेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरू बीच ५ करोड १० लाख ३४ हजार ३ सय ७ रुपैंया लगानी गरेको छ भने आर्थिक वर्ष २०७९।०८० असार मसान्तसम्म सम्पुर्ण कोष खर्च कटाई ५ लाख बराबर नाफा गरेको छ ।

नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भगवती उप्रेतिको अध्यक्षता रहेको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीका शेयर सदस्यहरु लगायत विभिन्न संघरसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थाले यही भदौ गते सरकारले लागु गरेको मापदण्ड पुरा गरी सेयर सदस्यहरुलाई सहभागी गराई १७ साधारणसभा एवं् पाँचौ अधिवेशन सम्पन्न गरेको छ । साथै २०८१ सालसम्म अवधी रहेको संन्चालक र लेखासुपरिवेक्षण समितीको निर्वाचन पनि यसै सालमा सम्पन्न गरेको छ । यसैगरी निम्न अनुसारको संन्चालक र लेखासुपरिवेक्षण समिती चयन भएको छ ।
अध्यक्ष, भगवती उप्रेती
उपाध्यक्ष,चित्र कुमारी भण्डारी
सचिब ,प्रमिला घिमिरे
कोषाध्यक्ष,एलिना राई गुरुङ
सदस्यहरुमा, मैयाँ राउत
रमा रिजाल
सान्ती नेपाली
रमा मगर
लक्ष्मी राउत
त्यसैगरी लेखा सुपरिवेक्षण समितीमा पार्वती भण्डारी सापकोटा,सदस्यमा पम्फा अधिकारी र सानु मैयाँ थापा निर्वाचित भएका छन् । कार्यक्रममा आ.व.२०७९।०८०को वार्षिक प्रगती प्रतिवेदन,आर्थिक कारोबार प्रतिवेदन,साधारणसभा माईन्युट प्रमाणित १३ जनाको प्रतिनिधीहरु चयन गरिएको छ ।

साथै संस्थाले नारी जागरण केन्द्र संगको सहकार्यमा ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा संस्थामा आवद्ध रहेका बाल समुहहरु ४ १६ जना बाल बचतकर्ता बालबालिकाहरुलाई कपी,कलम,पेन्सिल,इलाजर,आदी शैक्षिक सामग्री समेत वितरण गरेको छ । यसैगरी संस्थाका बाल समुह मध्यका यसै वर्ष एससिईई परिक्षामा उत्कृष्ट जिपिए ल्याउने,विपिशा बज्राचार्य,योगा ब.घले,कृष्टी लम्साल,बिलिभ मगर,सम्झना श्रेष्ठ,योग वहादुर घले लगायत रहेका छन् ।

केन्द्रकै महिला समुहकी सदस्य यक्चु न्येपाने ले जम्न दिएकी तिम्लिया बच्चाहरु,शिव,संकर भोलालाई रु,३ हजार,शैक्षिक सामग्री र आमा न्येउपानेलाइ ३ तिम्लिया बच्चा एकैसाथ जन्म दिई उचित स्याहार र हेरचाहका साथ पालनपोषण गनृ सक्ने महान आमालाई सम्मान गरिएको थियो ।

साथै निलकण्ठ नगरपालिका ४ की अशक्त बालिका सुमित्रा राक्कालाई पनि संस्थाले सम्मान गरेको छ । त्यस्तै संस्थाले आगमी आ.ब.को लागी लेखापरिक्षक गकुल प्र.रुवालीलाई नेपाल सरकार आईक्यानले निर्धारण गरे बमोजिमको पारिश्रमिक दिने गरी नियुक्ती, आगमी वर्षको लागी कार्ययोजना र कार्य निती तयार र अनुमोदन गराई भव्यताको रुपमा कार्यक्रम सम्पन्न गरेको छ ।

यसैगरी संस्थाले विभिन विधामा संस्थामा असल कारोबार गर्ने ऋण तर्फ बचत तर्फ,जेष्ठनागरिक तर्फ, पुरानो सदस्य तर्फ लगायतका २६ जना सदस्यहरुलाई पुरस्कृत गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस