
नारी बाटिका
धादिङ,०२ असोज ।
धादिङमा मंगलबार बिहान अं.०७ः ३० बजेको समयमा धादिङ जिल्ला गजुरी गा.पा.२ मलेखु स्थित घर भई बस्ने प्रविण वि।क ले संचालन गरेको भद्रकाली सुन चाँदी पसलमा एक्कासी मा।प।से गरेर आई विवाद हुँदा एसिड प्रहार भएको छ ।
धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका ३ कात्राक भन्ने स्थान बस्ने बर्ष ३२ को प्रविण बि.क ले आफ्नै सुनचाँदि पसलमा रहेको एसिड निकालि प्रहार गर्दा २ जना मानिसहरु घाईते भएका छन् ।
एसिड प्रहार भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी मलेखुबाट प्र.स.ह को कमाण्डमा र ईलाका प्रहरी कार्यलय गजुरीबाट प्र.नि को कमाण्डमा टोली खटि गएको घाईतेहरुलाई उपचारको लागी मलेखु टिचिङ अस्पताल पठाईएको, थियो ।
घाईते भएका दुबै जनाको अबस्था मध्यम रहेको र एसिड प्रहार गर्ने व्यत्ती प्रहरी नियन्त्रणमा रहेको धादिङ प्रहरी कार्यलयका सुचना अधिकारी सन्तुलाल प्रशाद जैसवारले जनाउनु भयो ।
निम्न
१,जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा .३ रातमाटा बस्ने बर्ष १८ को दिपेश क्षेत्रिको शरिरको विभिन्न भागमा एसिड प्रहार गरेको अबस्था मघ्यम ।
२.ऐ.ऐ कात्राक बस्ने बर्ष ६३ को डम्बर बहादुर पुलामीको अनुहार र शरिरमा एसिड प्रहार भएको अबस्था मघ्यम ।








प्रतिक्रिया दिनुहोस