
नारी बाटिका
भगवती उप्रेती
नारी वाटिका संमचारदाता
धादिङ,१३ असोज
निलकण्ठ नगरपालिकाका मेयर एव्ं नेपाल नगरपालिका महासंघका अध्यक्ष भिम प्र. ढुंगानाद्वारा सरकारलाई कार्य विस्तृतिकरण सुझाव प्रतिवेदन पेश गर्नु भएको छ । कार्य विस्तृतिकरणका लागि विज्ञहरुसँग लिएको राय सुझाब सहितको गाउँपालिका राष्ट्रिय महासंघले तय गरेको प्रतिवेदनका आधारमा तयार पारेको सुझाव सहितको दस्तावेज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा भएको कार्यक्रममा नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना र गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव एकनारायण अर्याललाई सुझाव प्रतिवेदन बुझाउनु भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड वैदेशिक भ्रमणमा रहनु भएकोले कार्यबहाक प्रधानमन्त्री पुर्ण बहादुर खड्काको उपस्थीतिमा भएको सो कार्यक्रममा स्थानिय क्षेत्रका विज्ञहरुले छुट्टा छुट्टै पाँच वटा सुझाव कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सामाजिक बिकासका क्षेत्रमा गर्नुपर्ने सुझावका विषय कृष्ण प्रसाद सापकोटा, सेवा प्रवाहमा काशीराज दाहाल र पुर्वधार, वित्त र अर्थको क्षेत्रमा पुर्व मुख्य सचिव डा.सोमलाल सुवेदीले सुझाव पेश गर्नु भएको थियो ।
साथै कार्यवहाक प्रधानमन्त्री पूर्णबहाद खड्काले पछिल्लो समयमा राजनीतिकर्मी र कर्मचारीतन्त्रमा रहेको शाशकीय मानशिकताका कारण संघीय शाशन प्रणाली कार्यन्वयनमा समस्या रहेको वताउनु भएको छ । राजनीति गर्नेले आफु जुन स्थानमा छ’ त्यसैलाई महत्व दिने गरेको भन्दै यस्तो मानसिकता कर्मचारी तन्त्रमा पनि भएको बताउनु भएको हो ।
कार्यबहाक प्रधानमन्त्री खड्काले आएका सुझावहरु अनुसार सरकार कार्यविस्तृतिकरणलाई संशोधन गर्न तयार रहेको बताउनु भयो । उक्त कार्यक्रममा नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय सरकारलाई अधिकार नदिने मानसिकताले समस्या निम्तीएको बताउनु भयो । उहाँले प्रधानमन्त्री कै निर्देशनमा भएको निर्णय समेत कार्यन्वयन गर्न कर्मचारी तन्त्र उदासिन हुनुले पनि स्थानिय तहले संविधान बमोजिमको अधिकार पाउन नसकेको बताउनु भयो ।
उहाँले धेरै मिहनेत गरेर कार्यविस्तृतिकरण संसोधनका लागि प्रस्ताव तयार गरेका छौं यसको कार्यन्वयन गर्नु चैँ मुख्य कुरा हो भन्नु भयो । गाउँपालिका राष्ट्रय महासंघका अध्यक्ष पाण्डेले स्थानिय सरकारलाई संविधानले दिएको अधिकार प्रयोग गर्न कसैले रोक्न नहुने बताउनु भयो ।संघ र महासंघले देशभर नगर प्रमुख उपप्रमुख सहित सरोकारवालाहरुसँग छलफल गरी विज्ञहरुको राय सुझाब सहितको कार्यविस्तृतिकरणका लागि सुझाव पत्र संकलन गरेको थियो ।







प्रतिक्रिया दिनुहोस