आज: २०८३ जेष्ठ २८, बिहिबार | Thu, 11, Jun, 2026

चार दिनदेखि हराइरहेकी महिला घरको धान राख्ने भकारीभित्र मृत फेला

२०८० आश्विन २०, शनिबार मा प्रकाशित ( २ साल अघि) ६९८४ पटक पढिएको
नारी बाटिका


सल्यान,२० असोज ।

सल्यानमा चार दिनदेखि हराइरहेकी भनिएकी महिला घरको भकारीभित्र मृत फेला परेकी छिन् । सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ खार्वन भन्ने स्थानकामा चार दिनदेखि हराइरहेकी महिला आफ्नै घरको धान राख्ने भकारीमा मृत अबस्थामा भेटिएकी हुन् ।

असोज १५ गते बेलुकादेखी हराएकी भनिएकी ४९ वर्षीया गणेशी रोका बिहीबार साँझ आफ्नै घरको धान भण्डार गर्ने भकारीमा मृत फेला परेकी हुन्। परिवारले गणेशी असोज १५ गते बेलुका घरबाटै हराएको भनेर बताउँदै आएको थियो ।

उनि चार दिनसम्म सम्पर्कमा नआएपछि गाउँलेहरु मिलेर उनको खोजी गर्न थालेका थिए । बिहीबार गाउँले मृतकको घरमा जम्मा भएको वेला घरभित्र शव गन्ध आएको थाहा पाएपछि खोज्दा भकारीभित्र शव भेटिए पछि प्रहरीलाई स्थानीयवासीले बखर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटना शंकास्पद रहेको र प्रहरीले अनुसन्धान थालेको प्रहरीले जनाएको हो। शव पोष्टमार्टममा लागि सल्यान जिल्ला अस्पताल लगिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस