आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

दुर्घटनामा निजगढ–काठमाडौं (फास्ट ट्र्याक)का इन्जिनियर र चालकको मृत्यु

२०८३ जेष्ठ २८, बिहिबार मा प्रकाशित ( ३ महिना अघि) ३५३५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
मकवानपुर- २८ जेठ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा जीप दुर्घटनामा निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक)आयोजनाका
इन्जिनियरसहित चालकको मृत्यु भएको छ ।

दुघटनामा परी मृत्यु हुनेमा इन्जिनियर सूर्य यादव र चालक बोधराज बुढाथोकी रहेको बताईएको छ । दक्षिणकालीबाट माण्डु हाइड्रोपावर क्षेत्र हुँदै इपातर्फ जाँदै गरेको पिकअप जीप गए राति अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेर दुर्घटनामा परेको हो ।

घटनामा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी दुवै जनालाई हेटौँडा अस्पताल पुर्‍याएका थिए । तर उनीहरुको अवस्था गम्भीर रहेकोले अपस्पताल पुग्नासाथैै चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस