
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादि ङ -२८ जेठ ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको कारण देशभरका केही स्थानमा वर्षा हुने, तर बागमती प्रदेश लगायतका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ।
यस्तै मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगका एक दुई स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।
विभागका अनुसार आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भाग तथा कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेश, कर्णाली प्रदेश लगायतका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका पनि एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना छ। केही दिन देखिको लगातार तातोको कारण अत्याधिक गर्मी बढेको अवस्था छ । तर आज भने धेरै स्थानमा वर्षा हुने भएकोले पनि केही सितल दिन हुने अनुमान गरिएको छ ।
मौसम पुर्वानुमान महाशाखाले आगामी दुई दिन लुम्बिनी, वाग्मती र मधेस प्रदेशका दक्षिणी भागहरूमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। भारी वर्षा गराउने वातावरण अनुकूल बनाउने बादल पछिल्लो १० घण्टादेखि लागिरहेको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस