आज:  | Wed, 01, May, 2024

आज धादिङमा १० जना स्क्रब टाइफसका संक्रमित थपिए

२१ आश्विन २०८०, आईतवार १८:४९ मा प्रकाशित ( ६ महिना अघि) ३५७ पाठक संख्या
नारी बाटिका


आज धादिङमा १० जना स्क्रब टाइफसका संक्रमित थपिए

धादिङ,२१ असोज ।

आईतबार धादिङमा १० जना स्क्रब टाइफसका संक्रमितहरु थपिएका छन् । पछिल्लो समयमा धादिङका केही ब्यक्तिहरुमा स्क्रब टाइफस संक्रमण देखिएको छ । आज नीलकण्ठ नगरपालिकामा ८ जना र सिद्धलेक गाउँपालिकामा २ जना गरी १० जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार चालु आर्थिक वर्षको साउन यता जिल्लामा २०९ जना स्क्रब टाइफसबाट संक्रमित भएको जनाइएको छ । जसमा १३३ जना महिला र ७६ जना पुरुष रहेका छन् ।

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने एक प्रकारको रोग हो । यो रोगलाई समयमा नै यसको पहिचान गरी औषधि सेवन गरे यो रोग निको हुन्छ। तर, समयमा नै यसको उपचार नगरे यसले गम्भीर रुप लिनसक्ने चिकित्सकहरुले बताएका छन् ।

मानिसहरुले किर्नाको टोकाइबाट बच्न खेत बारी,झाडी वा वन जङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउनु पर्छ। शरीरको खुला भागमा कीटनाशक मलहमको प्रयोग गर्ने, घर वरिपरिका खेतबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस