
नारी बाटिका
काठमाडौँ,२२ असोज ।
पछिल्लो समय राम्रो नराम्रो जे काम गरेर होस् चर्चामा नाम आएका व्यवसायी दुर्गा प्रसाईं माथी आज कालोमोसो दलिएको छ । शोमबार व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँमा कालोमोसो दलिएको हो । समचार स्रोतका अनुसार जमलस्थित एक होटलमा भर्खरै उनलाई कालोमोसो दलिएको बताइएको छ ।
आज उनी आफैँले जमलको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। यही क्रममा उनीमाथि कालो मोसो दलिएको हो । तर कालोमोसो कसले किन दल्यो भन्ने बारेमा खुलिसकेको छैन ।
उनले सोमबार बिहान इजायलमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आफू जाने कुरा बताइ रहेका थिए । प्रसाईं पछिल्लो समयमा बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहा लगायतको माग राखेर आन्दोलन गरी चर्चा बटुली रहेका छन् ।








प्रतिक्रिया दिनुहोस