आज:  | Wed, 01, May, 2024

राम्रो नराम्रो जे गरेर होस् चर्चामा आएका व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो

२२ आश्विन २०८०, सोमबार १७:१७ मा प्रकाशित ( ६ महिना अघि) ५६७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,२२ असोज ।

पछिल्लो समय राम्रो नराम्रो जे काम गरेर होस् चर्चामा नाम आएका व्यवसायी दुर्गा प्रसाईं माथी आज कालोमोसो दलिएको छ । शोमबार व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँमा कालोमोसो दलिएको हो । समचार स्रोतका अनुसार जमलस्थित एक होटलमा भर्खरै उनलाई कालोमोसो दलिएको बताइएको छ ।

आज उनी आफैँले जमलको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। यही क्रममा उनीमाथि कालो मोसो दलिएको हो । तर कालोमोसो कसले किन दल्यो भन्ने बारेमा खुलिसकेको छैन ।

उनले सोमबार बिहान इजायलमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आफू जाने कुरा बताइ रहेका थिए । प्रसाईं पछिल्लो समयमा बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहा लगायतको माग राखेर आन्दोलन गरी चर्चा बटुली रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस