आज:  | Sat, 04, May, 2024

मंगलबार धादिङ जिल्लाको आदमघाट र बेनिघाट रोराङ गाउँपालिकामा छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना ।

२३ आश्विन २०८०, मंगलवार १७:३४ मा प्रकाशित ( ६ महिना अघि) ३०२ पाठक संख्या
नारी बाटिका


धादिङ,२३ असोज ।

दुर्घटना नं. १

मंगलबार धादिङ जिल्लाको आदमघाट र बेनिघाट रोराङ गाउँपालिकामा छुट्टा छुट्टै सवारी दुर्घटना भएको छ । आज दिनको अं.१२:  २० बजेको समयमा धादिङ जिल्ला गजुरी गाउँपालिका ६ आदमघाट स्थित पृथ्बी राजमार्गमा पोखरा बाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती नं.को मोटरसाइकल र ऐ.दिशाबाट जाँदै गरेको वानटेष्ट अटोले मोटरसाइकललाई ठक्कर दिएको हो ।

उत्त अटोले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक भारतिय नागरिक ब्याङलोर बस्ने बर्ष अं ४१ को कार्तिक युवराजको दुबै हात खुट्टामा चोट लागी घाईते भएका छन्  ।

घाईते युवराजको अबस्था मध्यम रहेको छ भने अटो चालक जिल्ला धादिङ गजुरी गाउँपालिका ६ मिलनटार बस्ने बर्ष ४६ को हेमनाथ सुबेदीको दुबै खुट्टामा चोट अबस्था सामान्य रहेको धादिङ प्रहरी प्रवत्ता तथा डिएसपी सन्तुलाल प्रशाद जैसवारले यस नारी वाटिका डटकमलाई जानकारी दिनु भयो ।

हाल दुबै घाईतेलाई उपचारको लागि आदमघाट अस्पताल पठाईएको छ । साथै घटनास्थलमा प्र.ह।को टोलि खटि गएको र दुबै सवारी साधन प्रहरी पोष्टको नियन्त्रणमा, रहेको छ । साथै उक्त दुर्घटनाको कारणले त्यस क्षेत्रको बाटो अबरोध नभएको धादिङ प्रहरीले जनाएको छ ।

दुर्घटना नं. २

त्यस्तै आजै दिनको अं. ११:५५ बजेको समयमा जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका ५ बेनिघाट स्थित पृथ्बी राजमार्गमा मलेखुबाट बाट चितवन तर्फ जाँदै गरेको बा २०च ४४०० नं को बलेरो र बिपरित दिशा बाट आउँदै गरेको प्रदेश१०२०४४प ७७१६नं को मोटरसाइकलले एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ ।

साथै मोटरसाइकल र बोलेरो ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलल चालक जिल्ला सुनसरी गडि गाउँपालिका ५ बस्ने बर्ष ३१ को अक्षय चौधरीको बायाँ खुट्टा, निधार र टाउकोमा चोट, लागेको छ । मोटरसाइकललको पछाडी सवार जिल्ला नुवाकोट बिदुर नगरपालिका ११ बस्ने बर्ष अं. वर्ष २२ का प्रदिप घिमीरेको दुबैहात खुट्टामा चोट लागी दुबै घाईते भएका छन् ।

साथै दुबै घाईतेलाई उपचारको लागि मलेखु राजमार्ग अस्पताल पठाईएको, दुबैको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।उक्त स्थानमा प्रसनिको कमाण्डमा टोलि खटि गएको दुबै सवारी साधन र बलेरो चालक जिल्ला धादिङ ज्वालामुखि गाउँपालिका १ बस्ने बर्ष अं .२५ को तुल बहादुर पुलामी मगर प्रहारीको नियन्त्रणामा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस