आज:  | Sat, 04, May, 2024

धादिङको सिद्धलेकमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुंदै

२६ आश्विन २०८०, शुक्रबार ०७:४७ मा प्रकाशित ( ६ महिना अघि) ३७६ पाठक संख्या
नारी बाटिका


नारी वाटिका डट्कम संवाददाता

धादिङ २६ असोज

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ मा कात्तिक ८ गतेदेखी खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा शभदिपावालीको अवशर पारेर हुन लागेको खुल्ला खुल्ला पुरुष भलिबल प्रतियोगिता संगै सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ ।

तमु युवा समाज सिद्धलेक–२ खिर्रेको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा आयोजना गर्न लागिएको कार्यक्रम कात्तिक ८ देखी १० गतेसम्म संन्चालन हुनेछ । साथै खेलसंगै विविधि सांस्कृतिक कार्यक्रम हुने धादिङ भलिबल संघका अध्यक्ष अमृत गुरुङले जानकारी गराएका छन् ।

यस खुल्ला पुरुष भलिबल प्रतियोगितामा भाग लिनको लागि कात्तिक ४ गतेसम्मको मिती र समय निर्धारण गरिएको छ । टिम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । एक टिममा १२ जना खेलाडीहरु मध्य टिम कोच १ जना र १ जना व्यवस्थापक रहने आयोजकले जनाएको छ ।

खेलमा प्रतियोगिताको विजेताले नगद रु,१ लाख,,दोस्रो हुनेले नगद रु,५० हजार,तेस्रो हुनेले नगद रु, ३० हजार रुपैया सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्न आयोजकले जनाएको छ ।

खेलाडीहरुले टिम दर्ताको लागि सम्पर्क नं ९८४८५९००८५, ९८४१०९२२७७, ९८१००२४१९६ र ९८४१६५६६४७,९८५११२१३१४ सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस