आज: २०८२ फागुन १२, मंगलबार | Tue, 24, Feb, 2026

आजदेखि, ठूला गाडी उपत्यका प्रवेशमा रोक लगाईयो,रुट परमिट भने खुला

२०८० आश्विन २६, शुक्रबार मा प्रकाशित ( २ साल अघि) ६५५९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ,२६ असोज ।

सरकारले नजिकीदै गएको ठुला चाडपर्वलाई मध्यनजर गरी आजदेखि, ठूला गाडी उपत्यका प्रवेश गर्नमा रोक लगाएको छ । विशेष गरी नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावत गर्नमा सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट पनि खुला गरेको छ ।

गत असोज २३ गते बसेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा यातायात व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो ।

आगामी कात्तिक १० गतेसम्म रुट परमिट खुला जारी रहने बताइएको छ। रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी साधनहरुले यात्रु लिएर देशका विभिन्न भागमा सहज रुपमा जान पाउने भएका छन्।

असोज २३ मा बसेकै बैठकको निर्णय अनुसार आजदेखि खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधनहरु काठमाडौँ उपत्यका प्रवेश गर्नमा रोक लगाइएको छ।

अघिपछीको समय भन्दा दसैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ। प्रत्येक वर्ष काठमाडौँबाट दसैँँ मनाउनका लागि २० लाख भन्दा बढी व्यक्तिहरु उपत्यका बाट बाहिरिने र आफ्नो जन्मस्थल जाने गरेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस