
नारी वाटिका डट्कम
नवलपरासी -२९ कार्तिक ।
पूर्व–पश्चिम राजमार्गको नवलपरासीको कावासोती नगरपालिका–११, लोकाहामा आज बिहान भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन्। सोमबार बिहान अ. ६ः४० बजे धनगढीबाट काठमाडौं तर्फ छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएर दुर्घघटनामा परेको हो।
दुर्घटनामा घाइते हुनेको संख्या ३३ जना पुगेको छ । उक्त बस चालकसहित ४१ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये एक जनालाई भरतपुरस्थित पुरानो मेडिकल कलेज र ३२ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरू सबैको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० निवासी ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।












प्रतिक्रिया दिनुहोस