
बिबियु,नारी वाटिका डट्कम
धादिङ -३० कात्तिक ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनको पुर्व तयारीका लागी सबै राजनीतिक दलहरुसंग बैठक बस्ने भएको छ।
यसै २०८३ साल चैत भित्रै स्थानीय तहको चुनाव गराउन जुटकेको निर्वाचन आयोगदवाुुरा निर्वाचन सम्वन्धि छलफल गर्न विभिन्न राजनीतिक दललाई मङ्सिर ४ गते बैठकमा बोलाएको हो । आयोगले शोमबार दलहरुका केन्द्रीय पार्टी कार्यालयमा पत्रचार गर्दै आसन्न निर्वाचन बारे छलफल गर्ने जानकारी दिएको छ।
२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको ४ वर्षे कार्यकाल यही २०८३ चैतमा सकिँदैछ ।
त्यसैगरी, प्रदेशसभा निर्वाचन २०७९ मङ्सिर ४ गते सम्पन्न भएको थियो। स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा हुन अब करिब छ महिना बाँकी भएपनि आयोगले त्यसअघि नै निर्वाचन गराउने तयारीमा जुटेको हो।
नेपालको हालको संवैधानिक व्यवस्था अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष रहेको छ।
संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने र त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नु पर्ने व्यवस्था छ।
तर निर्वाचन आयोगले ६ महिनाको कार्यकाल बाँकी रहँदा त्यसअघि नै स्थानीय तहको निर्वाचनमा छुटेको हो ।












प्रतिक्रिया दिनुहोस