आज:  | Thu, 02, May, 2024

हरेक वर्षमा जस्तै नेपाली कांग्रेसले आज चियापान कार्यक्रमको आयोजना गर्ने

११ कार्तिक २०८०, शनिबार ०८:३१ मा प्रकाशित ( ६ महिना अघि) १४९ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

काठमाडौं, ११ कात्तिक।

हरेक वषदेखीको निरन्तरता दिदै आईरहेको कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले आज चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । बिगत वर्षहरुमा जस्तै यस वर्षमा पनि कांग्रेसले आज शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

नेपालीको मुख्य चाडपर्व बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा आज कात्तिक ११ गतेका दिर्न पर्न गएको कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टी स्रोतले जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले भन्नु भयो , “बिपीले तत्कालीन अवस्थामा राजनीतिक सम्वाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गर्नुभएको चियापान कार्यक्रमले अहिले पनि मुलुकमा राजनीतिक सौहार्दता र एकता कायम गर्न योगदान पुर्याई रहेको छ ।”

आजको चियापान कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका पार्टिका प्रिितनिधीहरु,पार्टीका कार्यकर्ताहरु तथा आमन्त्रित अतिथीहरु समेतको सहभागितमा पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले नै गर्ने भएका छन् ।

पार्टी नेता अर्जुननरसिंह केसीले बिपी कोइराला स्वदेश फर्केपछि जटिल बनिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा बडादसैँलगायतका पर्वको उपलक्ष्यमा सबै पक्षलाई समेटेर सद्भाव कायम गर्न सुरु गरिएको शुभकामना आदानप्रदान अहिले पनि त्यतिकै सान्दर्भिक रहेको बताउनु भयो ।

उहाँ भन्नु हुन्छ, “यसको मूल कारण सद्भावना, शुभकामना, सबै पक्षकाबीचमा मेलमिलाप गर्ने मनोवैज्ञानिक वातावरण बनाउन सकियोस्, हामीभित्र भएका तिक्तता, वादविवादलाई बिर्सिएर सम्बन्धलाई सहजरुपबाट सहमति निर्माण गर्न सजिलो होस् भन्ने हाम्रो उदेस्य हो ।”

विगतमा जसरी नेपालका साना ठुला दलहरु मिली मुलुकमा प्रजातन्त्र ल्याउन सफल भयौं तेसरी नै यो देशका समस्या र संकट समाधान गर्न आजपनि त्यत्तिकै मेलमिलापको आवश्यकता रहेको बताउँदै उहाँले गौरवका रुपमा रहेको विविधता बीचको धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सन्देश छर्न सकोस् भन्ने उद्देश्य बोकेको चियापन मेलमिलापको कार्यक्रम भएको विचार प्रकट गर्नु भयो ।

आज आयोजना हुन गैरहेको चियापान कार्यक्रममा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई आमन्त्रण गरिएको पार्टी कार्यलयले जनाएको छ ।

स्वर्गिय बिपी कोइरालाले विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान कार्यक्रम गर्न सुरु गरेको हो । विसं २०३८ सम्म बिपीले यस कार्य लाई निरन्तरता दिनु भएको थियो ।

त्यसपछि कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिइ रहनु भएको छ । कांग्रेसले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस