बिबियु,नारी वाटिका डट्कम
धादिङ ३१ असोज ।
नेपालीहरूको महान् चाड बडादसैँको सातौँ दिन आज धादिङको सदरमुकाम धादिङबेसी सहित देशभरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा धादिङबेसीको पुछारबजारस्थित थोपलखोलामा रहेको पञ्चकन्या तथा कालिका मन्दिर र स्थानीय कोतघरहरूमा विशेष पूजा(आजा गरी, फूलपाती भित्र्याइएको हो।
नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले सलामीसहित फुलपाटी भित्र्याएका हुन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैं घर तथा नेपालीका घरका पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नौ दिनसम्म नवदुर्गा भवानीको विधिपुर्वक पुजा आरधना गरी मनाउने क्रममा आज नवरात्रको सातौं दिन फूलपातीको साथमा नववटी देवीलाई भित्र्याउने परम्परा छ ।
फूलपातीलाई देवीका प्रतीकका रूपमा भित्र्याइ शास्त्रीय विधि अनुसार देवी शक्तिको आराधना गर्ने, पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतम बताउनु हुन्छ ।












प्रतिक्रिया दिनुहोस