आज: २०८३ आश्विन १०, शनिबार | Sat, 26, Sep, 2026

धादिङको झार्लाङमा स्वराज आईचर गाडी दुर्घटना

२०८० कार्तिक १५, बुधबार मा प्रकाशित ( २ साल अघि) १०१८७ पटक पढिएको
नारी बाटिका


धादिङ,१५ कात्तिक ।

आज अं.७ :४० बजेको समयमा धादिङको खनियाबास गाउँपालिका २ झार्लाङमा स्वराज आईचर गाडी दुर्घटना भएको छ । धादिङबेशीबाट झार्लाङ तर्फ जादै गरेको बा४ ख ३१७५ नं.स्वराज आईचर गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी.८० मिटर तल खसी दुर्घघटना भएको हो ।

उक्त दुर्घटनामा गाडीको सह(चालक ऐ.ऐ.बस्ने अं.बर्ष २४ को राम बहादुर तामाङ घाईते भएका छन् घाईते भएका तामाङको उपचारको लागी करिब ११ः५५ बजे फिस्टेल एयरको हेलीकप्टर द्रारा अन्न पुर्ण न्युरो अस्पताल माईतिघर काठमाण्डौ पठाइएको, थियो ।

निजको टाउकोमा चोट,अबस्था गम्भिर तर (खतरा मुक्त, अबस्था रहेको जनाइएको छ । साथै दुर्घटना भएको गाडी घटना स्थलमै रहेको, र उद्धारका लागी ईलाका प्रहरी कार्यलय दार्खाबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोलि घट्ना स्थलमा खटिई गएको जिल्ला प्रहरी कार्यलय जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑