
नारी बाटिका
काठमाडौँ, १७ कात्तिक ।
नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । विमानस्थल परिसरमै दुई विमान पाइलटबिच कुटाकुट भएपछी नागरिक उड्डयन प्राधिकरणका (क्यान)ले दुई विमान चालक(पाइलट)को लाइसेन्स निलम्बन गरेका हुन् । ।
सुक्रबार बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबिच विमानस्थल परिसरमै कुटाकुट भएको थियो ।
उनीहरूबिच झगडा भएपछी नागरिक उड्डयन प्राधिकरणका (क्यान)ले लाइसेन्स निलम्बन गरिएको उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिनु भयो ।
“राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियम बमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ”, उहाँले बताउनु भयो ।
एउटै कम्पनीमा कार्यरत दुई पाइलटबिच के कारणले झगडा (कुटाकुट) भएको हो । त्यो भने खुल्न बाँकी रहेको क्यानले जनाएको छ । रासस








प्रतिक्रिया दिनुहोस