काठमाडौं,१७ कात्तिक ।
भुमीव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेरन्जिताष्ठ चौधरीले कर्मचारीहरुलाई कानुन विपरीत कुनै पनि काम नगर्न निर्देशन दिएकी छन् । शुक्रबार गुठी संस्थानको ६० औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उहाँले भन्नु भयो कहिले काहीँ म कर्मचारीहरुले माथिको आदेश, फलानो नेताको आदेश, फलानो मन्त्रीको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको छु ।
तर, म भन्छु कानुनले दिएको अधिकार प्रयोग गरेर आमनागरिकहरुको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्’ ? मन्त्री चौधरीले भन्नु भयो यदि कसैले कसैको आदेशमा या गलतनियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ । अथवा माथिल्लो निकायको आदेश भन्दै कानुन विपरीत काम गर्छ भने त्यो कारवाहीको भागेदार हुन्छ । आम नागरिक तथा सेवाग्राहीहरुको काम चुस्त दुरुस्त ढंगबाट जिम्मेवार भएर गर्न उहाँले सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
गुठी संस्थानमा कर्मचारी तथा कतिपय ऐन कानुनको अभावका कारण जटिलता देखिएको बताउँदै त्यसको समाधानका निम्ति आफू लागि परेको बताउनु भएको छ । गुठीका जग्गा अतिक्रमणका घटना बढ्दै गएको छ । त्यसलाई अनुगमन, नियन्त्रण, नियमन तथा कारवाही गर्नका लागि कतिपय ऐन कानुनका साथै कर्मचारी अभाव रहेको मैले बुझेको छु उहाँले भन्नु भयो ।
यस्ता खालका समस्या समाधान गर्न हामी छिट्टै ऐनको मस्यौदा छिट्टै तयार गरी संसदमा पेश गर्नेछौं । विशेष गरी कर्मचारीको मूलगुनासोको रुपमा रहेको कर्मचारी विनियमावली स्वीकृतिको लागि मन्त्रालयले यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्नेछ । सो पश्चात संस्थानको रिक्त पद पूर्तिको प्रकृया अगाडि बढाउने प्रतिबद्वता समेत व्यक्त गर्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस