आज:  | Thu, 02, May, 2024

राष्ट्रपति पौडेल आफ्नो युरोप भ्रमणलाई स्थगित गरेर आज भूकम्प प्रभावित क्षेत्र जाने

२१ कार्तिक २०८०, मंगलवार ०८:३० मा प्रकाशित ( ५ महिना अघि) ४४१ पाठक संख्या
नारी बाटिका


भगवती भण्डारी

काठमाडौं,२१ कात्तिक ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो युरोप भ्रमणलाई स्थगित गरेर भूकम्पले बिक्षिप्त पारेका क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँने हुनु भएको छ। सुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी ठुलो धनजनबाट क्षति भएका प्रभावित नागरिकको अवस्था बुझ्नको लागी उहाँ त्यस क्षेत्र तर्फ जान लाग्नु भएको हो ।

आज बिहान सवा १० बजेको समयमा राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जान लाग्नु भएको उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका छन् । उहाँको यसै सातामा युरोप भ्रमणमा जाने तय गरिएको थियो ।

तर अचानक जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको सुक्रबार मध्यरातमा सबै मानिस खानपिन गरी सुतेको अबस्थामा ६.४ रेक्टर स्खेलको भुकम्प गई उक्त क्षेत्रमा अकल्पनिय क्षति पुगेको कारण मर्माहित भएका राष्ट्रपति पौडेल आफ्नौ युरोप भ्रमणलाई स्थगित गरेर भूकम्प प्रभावित जान लाग्नु भएको हो ।

उहाँको भोली कात्तिक २२ देखि मंसिर १ गतेसम्म युरोप भ्रमणको तयारी भएको थियो । मुलकुमा विपत्ति परेको वेला देशका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले विदेश विदेशी भ्रमणमा जान उपयुक्त नहुने निष्कर्ष सहित उहाँले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नु भएको हो।

कात्तिक १७ गते सुक्रबारको राति जाजरकोटको रामिडाँडा केन्द्र भएर ६‍.४ रेक्टरको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् भने करिब २००जनाको हाराहारीमा त्यहाँका नागरिकहरु घाइते भएका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस