
नारी बाटिका
नारी वाटिका डट्कम
म्याग्दी -११ असार ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरको बेनी–जोमसोम सडकमा पहिरो खसेर इभी गाडी पुरिएको छ । सोही पहिरोले इभी गाडी पुरिँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ का २३ वर्षीय सोहेल मिया रहेको बताइएको छ।
बुधबार राति करिब ८ बजे ढुङ्गा–माटोसहितको पहिरो खसेर इभी गाडी पुरिएर सोहो गाडीका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनामा सशस्त्र प्रहरी बलको गुल्म हेक्वा म्याग्दीबाट संयुक्त उद्धार टोली घटनास्थलमा पुगेर पन्छाउने कार्य भएको थियो।
उद्धार टोलीले गाडीभित्र रहेका चालकलाई बाहिर निकाली उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। पहिरोले बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको थियो । साथै पन्छायर सडक खुलाउने प्रयास जारी छ।








प्रतिक्रिया दिनुहोस