आज:  | Wed, 08, May, 2024

सरकारले एकद्वार प्रणाली लागु गरी भूकम्प पीडितलाई राहत उपलब्ध गराउन काँग्रेसको सुझाव

२१ कार्तिक २०८०, मंगलवार १८:३६ मा प्रकाशित ( ६ महिना अघि) २७३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,२१ कात्तिक ।

जाजरकोटमा गएको सुक्रबार रातिको भुकम्पमा परी ठुलो धनजन क्षति भई बिक्षिप्त भएका भूकम्प पीडितलाई सरकारले एकद्वार प्रणाली लागु गरी राहत उपलब्ध गराउन नेपाली काँग्रेसले सुझाव दिएको छ । नेपाली काँग्रेस केन्द्रीय समितीले भूकम्पमा परी घाइते तथा प्रभावितहरूको राहत, उद्धार र सहयोगका सामग्री एकद्धार प्रणालीमा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएको हो ।

आज नेपाली काँग्रेसले पत्रकार सम्मेलन गरी भूकम्प प्रभावितका उद्धार र रहत उपलव्ध गराउनका लागी पार्टीको धारणा सार्वजनिक गर्दै भूकम्प प्रभावितहरुलाई स्वदेश तथा दिदेशका विभिन्न सङ्घसंस्थाद्वारा उपलब्ध भएका राहत सामग्रीहरु पीडित समक्ष पर्याप्त मात्रामा समयमै नपुगेकोले सम्वन्धित संयत्रलाई एकद्वार प्रणाली मार्फत उद्धारमा जुटी तत्कालै आवश्यक सामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राहत, उद्धार र पुनर्स्थापनाको कार्यमा प्रदेश र स्थानीय सरकारलाई नेतृत्वदायी भूमिका दिनुपर्ने, बताउनु भयो । यस्तै प्रभावित क्षेत्रका दीर्घकालीन बिरामीको उपचारमा समस्या आउन नदिन घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।

साथै अभिभावक गुमाएका बालबालिकाहरूको उच्च शिक्षाको प्रबन्ध मिलाउन,पिडितका आवास पुनर्निर्माणको लागि जनशक्तिको सीप बिकास गर्न पनि सरकालाई सुझाव दिइएको छ ।

तेसैगरी भूकम्प जान सक्ने संभावित भूगोलहरू पहिचान गरेर जोखिमयुक्त बस्तीको स्थानान्तरण, सार्वजनिक भवनहरूलाई प्रबलीकरण गर्ने कार्ययोजना निर्माण गर्नुपर्ने पनि आवश्यक रहेको आजको पत्रकार सम्मेलन मार्फत बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस