
नारी बाटिका
धादिङ, २४ कात्तिक ।
सुक्रबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानीकी एक महिलाले विष सेवन गरेकी छिन् । आज दिउँसो अ.ं१२ बजेको समयमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानी बस्ने बर्ष ५५ कि प्रेम कुमारी बांनियाले तत्काल नाम नखुलेको बिषादी सेवन गरी बिरामी परेकी हुन् ।
निज बानियाँलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी आरुघाट गोर्खा पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ तर्फ पठाएको छ । उनको अबस्था छ भने उनि बोल्न नसक्ने अबस्थामा रहेको प्रहरीले जनाएको छ ।
उद्धारका निमित्त घटना स्थानमा ईलाका प्रहरी कार्यलय सल्यान्टारबाट प्र.स.नि.को कमाण्डमा टोलि खटीई गएको थियो । बानियाँले बिषादी सेबन गर्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस