
नारी वाटीका डट्कम
काठमाडौं २६ भदौ ।
प्रहरीले काठमाडौंको गैरीगाउँबाट ग्यासको कालो बजारी गर्ने स्टोर संन्चालकसहित ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद गरेको छ।
केही महिनादेखी बजारमा ग्यासको चरम अभाव भइरहेको बेला केही उद्योग व्यपारीले भने कालो बजारी गरी महंगो मुल्यमा ग्यासको बिक्री गरिरहेको भन्ने गुनासो त प्रहरीमा नआएको होईन ‘।
तर पनि देशको वदलिदो राजनितिक नेतृत्व,सामाजिक संन्जालमा यथार्थ भन्दापनि तथ्यहिन विषयवस्तु हरु तथा झुटा कुराहरु आउने,तथा हालै मात्र भोटेकोशीको बिनाशकारी बाढीले सुरक्षाका जनशक्तिहरु उद्धार कार्यमै बेस्त भएको अवस्था थियो ।
तर बिहिबार ग्यासको चरम अभावका कारण यसको व्यवस्थापन गर्न नसकेकोमा नागरिकबाट निकै आलोचना खेप्दै आएकी सरकारका उद्योग तथा आपुर्ति मन्त्री गौरी कुमारी यादवले आफुलाई कर्मचारीले नटेरेको र ग्यासका कम्पनीहरुले कालो बजारी गरेको स्पष्ट पार्दै पदबाटै राजीनामा दिने अवस्था आएपछी सरकारले ग्यासका व्यपारी तहमा निगरानी बढाउन थालेको हो ।
आज उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीका टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ७०५ वटा ग्यास सिलिन्डर सहित स्टोर संन्चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धाराको जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार लुइँटेलले उपभोक्तालाई ग्यास महँगो मूल्यमा बिक्री गर्दै आएको बताएको छ। लुईँटेलले १ वटा सिलिन्डर २ हजार ७५० रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको हो।
आज प्रहरीले बरामद गरिएका सिलिन्डर नेपाल ग्यास कम्पनीका रहेको र अनुसन्धानका क्रममा नयाँ सिलिन्डरसमेत ५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको खुलेको एसपी रामेश्वर कार्कीले बताउनु भयो।












प्रतिक्रिया दिनुहोस