
बिबियु,नारी वाटीका डट्कम
धादिङ -२६ भदौ ।
बाढीले नुवाकोट र धादिङ जोड्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको पुल बगाएपछी आवागमनमा निकै समस्या परेको थियो । भोटेकोशीको बिनाशकारी बाढीले बगाएको उक्त स्थानमा नेपाली सेनाको टोलीले एक्रो ब्रिज निर्माण गरेपछी सञ्चालनमा आएको हो ।
यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीले देवघाटस्थित पुल बगाएपछि अवरुद्ध उक्त सडकखण्डमा नेपाली सेनाले एक्रो ब्रिज जडान गर्ने काम सम्पन्न भएसंगै अब यस क्षेत्रका नागरिकलाई सवारी आवागमन सहज बनाएको छ ।
भोटेकोशी बाढीमा परी हजारौं धनधनको क्षतिले समस्यामा परेका सो क्षेत्रका नागरिकमा छोटो समयमा यस जडान गरी यातायात सञ्चालन गर्न सकिने पूर्वनिर्मित तथा मोड्युलर संरचनाको एक्रो ब्रिज नेपाली सेनाले विपद् व्यवस्थापनका लागि यसअघि नै खरिद गरेको थियो ।
ब्रिज सञ्चालनमा आएपछि नुवाकोट–धादिङबीचको आवागमन सहज भएको छ । साथै छोटो समयमै अस्थाई रुपमा भएपनि अवरुद्ध आवागमनको बाटो खुलेपछी स्थानीयले पुल निर्माणकर्ता नेपाली सेनाप्रति आभार व्यक्त गरेका छन् ।












प्रतिक्रिया दिनुहोस