आज:  | Mon, 06, May, 2024

नेपालमा टिकटक बन्द गरिएकोमा धेरै नागरिकहरुबाट सरकारलाई धन्यवाद

३० कार्तिक २०८०, बिहीबार १५:०१ मा प्रकाशित ( ५ महिना अघि) २४३ पाठक संख्या
नारी बाटिका


काठमाडौं,३० कात्तिक ।

नेपाल सरकारले टिकटक बन्द गरिएकोमा यतिबेला धेरै नागरिकहरुबाट सरकारलाई धन्यवाद दिईरहेका छन् । पछिल्लो समय नेपालमा युवाहरु भिर,नदी,जंगल आदी ठाउँमा गई टिकटकको भिडियो बनाउने क्रममा कयौंले ज्यान पनि गुमाएका छन् । तेस्तै कयौैं व्यक्तिहरुले छाडा र मनपरी शब्दहरु प्रयोग गरी टिकटकमा तस्वीर तथा भिडियो हरु राख्ने गरिएको थियो ।

साथै सन्देश मुलक भन्दापनि नकारात्मक सामाग्री पोष्ट गर्ने प्रचलन बड्दै गइरहेकोले विशेष गरी अभिभावकहरु निकै चिन्तित थिए । नेपाली समाजमा पछिल्लो समयमा विकृर्ती र विसंगती हुन थालेपछी यसले समाजमा थुप्रै अपराधिक गतिविधीहरु समेत बढेको निष्कर्षका साथ नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयको धेरै नागरिकले स्वागत गरेका हुन‍्।

गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसको समर्थनमा सामाजिक सञ्जाल फेसबुकमा धेरै मानिसहरुले सरकारको निर्णय स्वागत योग्य भएको उल्लेख गरेका छन्।

नागरिकले टिकटक बन्द गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद पनि दिएका छन् । नागरिकले भनेका छन्,‘धन्यवाद नेपाल सरकार। नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सो निर्णय स्वागतयोग्य छ। नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%४%

प्रतिक्रिया दिनुहोस