आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आज पनि दुर्गा प्रसाईं समुहको प्रदर्शन जारी, प्रदर्शन भने तीनकुनेमा गर्ने

२०८० मंसिर ८, शुक्रबार मा प्रकाशित ( २ साल अघि) १०६१५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ,८ मंसिर

आज पनि दुर्गा प्रसाईं समुहको प्रदर्शन जारी रहेको छ भने आजको प्रदर्शन भने तीनकुनेमा गर्ने भएका छन् । दुर्गा प्रसाईं समुहले आजदेखी तीनकुनेमा प्रदर्शन गर्ने र सोको बारेमा नागरिकलाई जानकारी गराउन बिहिबार बेलुकी पत्रकार सम्मेलन गरिएको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानमा लागेका आन्दोलनका संयोजक दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरी आजबाट तीनकुनेमा प्रदर्शन जारी राख्ने बताएका हुन् ।

अभियन्ता प्रसाईंले बिहीबार बल्खुमा गरेको प्रदर्शनमा आफ्नो कार्यकर्तालाई युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडपको अबस्था सिर्जना गर्न आक्रमण गरिएको बताएका छन् ।

साथै त्यसै क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए। बिहिबार बल्खुमा भएको कार्यक्रमका समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस