आज:  | Thu, 09, May, 2024

कसैले सडक आन्दोलन गर्दैमा राजतन्त्र ल्याउने सपना नदेख्न : सभापति देउवाले चुनौती

११ मंसिर २०८०, सोमबार १८:५८ मा प्रकाशित ( ५ महिना अघि) २२० पाठक संख्या
नारी बाटिका


नवलपरासी,११ मंसिर ।

पििछल्लो समयमा राजतन्त्रको बारेमा वकालत गर्दै आएका पक्षधरलाई लक्षित गर्दै राजा ल्याउने सपना नदेख्न नेपाली कांग्रेसका पार्टी सभापति देउवाले चुनौती दिनु भएको छ । आज नवलपरासी (बर्दघाटमा भएको नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्नु हुंदै कसैले सडक आन्दोलन गर्दैमा राजतन्त्र ल्याने सपना नदेख्न ः काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चुनौती दिनु भएको हो ।

हाल मुलुकमा भैईरहेको नेपालको राजनििितक घटनाक्रमलाई लिएर दुर्गा प्रसाईँ,राप्रपा लगायतका ब्यक्तिहरुले राजसंस्थाका बारेमा निकै चर्चा परिचर्चा भई रहेको छ । नेकपा एमालेबाट बाहिरिएका एकजना दुर्गा प्रसाईँ र राप्रपाले राजधानीमा नागरिक संम्मेलन गरी देशलाई हल्लाई रहेको अबस्थामा काँग्रेस सभापति शेर व.देउवा मौन रहनु भयो किन ? भनेर यतिबेला उहाँको बाहिर टिका टिप्पणी भैरहंदा शोमबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा सभापति देउवाले कसैले भन्दैमा मुलकमा राजतन्त्र आउन नसक्ने उल्लेख गर्नु भएको हो ।

सभापति देउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भन्नु भयो, “पूर्वराजा फर्कने संम्भव छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।” अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने भन्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नु पर्नेमा जोड दिनु भयो।

यसैगरी नेपाली कांग्रेसका युवा नेता तथा महामन्त्री गगन कुमार थापाले राजतन्त्रको बारेमा वकालत गर्नु भनेको भोलिका लागि घातक हुने बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस