आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

इतर पक्ष कांग्रेसको आजदेखि भेला,पूर्वसभापति देउवाले उद्घाटन गर्ने

२०८३ श्रावण २९, शुक्रबार मा प्रकाशित ( १ महिना अघि) २०१६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
धादिङ -२९ साउन ।

नेपाली कांग्रेसका इतर पक्ष(शेर व(देउवा) समुहको आजदेखी राष्ट्रिय भेला हुँदैछ। आजदेखी साउन ३१ गतेसम्म हुने लागेको तिनदिने भेलाको कार्यक्रम काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना गरिएको हो।

कार्यक्रमको कार्य तालिका अनुसार आज बिहान साढे ११ बजे कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जनाएका छन्। साथै भेलाको संयोजन पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरेका छन्।

केही समयदेखी आन्त्रिक रुपमा विवादित कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा सर्वोच्च अदालतले पुनरवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहका साथ सक्रिय बनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस