
नारी बाटिका
धादिङ – १२ मंसिर ।
नारी वाटिका संवाददाता
जिल्ला प्रहरी कार्यलय धादिङले चोरी भएको स्कुटर सहित चोरी गर्ने मानिस पक्राउ गरेको छ । पक्राउ पर्नेमा गंगाजमुना गाउँपालिका वडा नं.६ वस्ने वर्ष २६ को अमृत वहादुर कार्की रहेका छन् ।
कार्कीले यही मंसिर ७ गते विहान अन्दाजी ७ वजेको समयमा जिल्ला धादिङ सोही गाउँपालिका वडा नं.५ स्थित मझुवाटोलमा पार्किङ गरी राखेको बा.प्र.०२.०३८प ७८३३ नम्वरको स्कुटर तथा स्कुटरको डिक्कीमा राखेको चाँदीको सिक्री समेत चोरी गरेका थिए ।
अज्ञात मानिसले स्कुटर चोरी गरी फरार रहेको भन्ने सुचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दा उक्त नम्वरको स्कुटर जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.६ वस्ने वर्ष २६ को अमृत वहादुर कार्कीले चोरी गरेको भन्ने खुल्न आएको हो ।
निज अमृत वहादुर कार्कीलाई यही मंसिर १० गते चोरी गरेको बा.प्र.०२ ०३८प ७८३३ नम्वरको स्कुटर तथा चाँदीको जस्तो देखिने धातुको सिक्री सहित पक्राउ गरीएको थियो ।
साथै निजलाई शोमबार धादिङ जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुमती लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रशाद जैसवारले यस नारी वाटिका डटकमलाई जानकारी दिनु भयो ।







प्रतिक्रिया दिनुहोस