आज:  | Mon, 29, Apr, 2024

गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिकाबिचमा रामशाह चौतारा’ निर्माण गर्ने सहमति ‘

१३ मंसिर २०८०, बुधबार १९:२३ मा प्रकाशित ( ५ महिना अघि) ४४६ पाठक संख्या
नारी बाटिका


भगवती विवियु

नारी वाटिका डट् कम संवाददाता

धादिङ १३ मंसिर

धादिङमा पनि रामशाह चौतारा’ निर्माण गरिने भएको छ । गोरखा जिल्लामा भएको ऐतिहाँसिक ‘रामशाह चौतारा’ निर्माण गरी गोरखा जिल्लालाई झल्काउने उदेस्यले त्यहाँको जस्तै चौतारा निर्माण गरिने योजना बनाउन लागिएको हो । बुधबार गोरखा नगरपालिका गोरखा र नीलकण्ठ नगरपालिका धादिङको संयुक्त बैठकमा उक्त निर्णय गरिएको  नीलकण्ठ नगरपालिका मेयर भिम प्रशाद ढुंगाना सचिवालयले जनाएको छ ।

निलकण्ठ नगरपालिका र गोरखा जिल्ला नगरपालिका संग भगिनी सम्बन्ध स्थापित रहोस् भन्ने लक्षका साथ गोरखाको झल्को दिनेगरी रामशा चौतारा निर्माण गर्ने भएको जनाईएको छ । न्याय नपाए गोरखा जानू’ भन्ने ऐतिहाँसिक भनाई स्थापित गरेका राजा राम शाहद्धारा निर्माण गरिएको उक्त चौतारा धादिङ जिल्लामा पनि निर्माण गरी न्याय सम्पादन गर्ने रामशाह को स्मरण गर्न खोजिएको हो ।

छिमेकी जिल्ला गोरखा र धादिङ जिल्लाको बिचमा भाईचाराको सम्वन्ध कायम रहने भगिनी नगरपालिकामा रहेको सोही चौतारा जस्तै देखिने गरी रामशाह चौतारा निर्माण गर्ने निलकण्ठ नगरपालिकाका मेयर भिम प्रशाद ढुंगानाले बताउनु भयो ।

मंगलबार दुई जिल्लाकाबीचमा सम्पन्न भएको संयुक्त कार्यपालिका वैठकले सो निर्णय गरेको हो । वैठकमा दुवै नगरपालिकाले एक अर्को पालिकाको ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको पूर्वाधार निर्माण गर्ने निर्णय भएको थियो । सो कार्यका लागि दुबै नगरपालिका बिच प्राविधिक तथा आर्थिक साझेदारी गर्ने गरी काम अघि बढाउने निर्णय भएको छ ।

सोहि निर्णय अनुसार यसवर्ष निलकण्ठ नगरपालिकाले आफनै लागतमा गोरखाको ऐतिहास झल्कने गरी राम शाह चौतारा निर्माण गर्ने निर्णय गरेको हो । सयुक्त कार्यपालिका वैठकमा विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नमा दुवै पालिकाको संस्थागत सुदूढीकरणको लागि गोरखा नगरपालिका र निलकण्ठ नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगको आदान प्रदान गर्ने निर्णय समेत भएको छ ।

यसैगरी दुबै नगरपालिका जनप्रतिनिधिहरुको फोटो समेत दुवै पालिकाको कार्यकक्षमा राखिने भएको छ । भगिनी सम्बन्ध जोडेका दुई पालिकाले आ–आफनो असल अभ्यासहरु आदानप्रदान गर्दै आएका छन् । कार्यक्रममा दुवै जिल्लाका प्रमुख प्रसासकीय अधिकृत, नगर प्रमुख,नगर उपप्रमुख लगायत सम्पुर्ण वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस