आज:  | Sun, 19, May, 2024

बिहिबार मकवानपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका ३ जनाको मृत्यु

१४ मंसिर २०८०, बिहीबार १८:३२ मा प्रकाशित ( ५ महिना अघि) १७८ पाठक संख्या
नारी बाटिका


काठमाडौं-१४ मंसिर ।

बिहिबार मकवानपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी मृत्यु हुनेहरुमा मकवानपुरको गढी गाउँपालिका(२ कुर्लेपाखा बस्ने ३५ वर्षीय भीमबहादुर स्याङ्तानको उपचारका लागि चितवन लैजाँदै गर्दा मृत्यु भएको छ । साथै सोही दुर्घटनामा भीमबहादुर स्याङ्तानको श्रीमती र छोरीको पनि मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मोटरसाइकल दुर्घटना हुंदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका स्याङ्तानलाई उपचारको लागी चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएपछि आफन्तले फिर्ता ल्याएको प्रहरीले जानकारी दिएको छ । चालक स्याङ्तानका आफन्तहरुले फर्काएर हेटौंडा अस्पताल नै ल्याएपछि डाक्टरहरूले आजै अपरान्ह ४ः२० बजे मृत घोषणा गरेका थिए ।

आज बिहीबार स्याङ्तानले चलाएको मोटरसाइकल दिउँसो गढी गाउँपालिका २ धवाडीपुलमा दुर्घटना हुँदा उनकी ३४ वर्षीया श्रीमती रुपा स्याङ्तान र ४–५ महिने बालिका छोरीको समेत घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक तिनै जनाको शव अहिले हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।​ सुकौराबाट कान्तिलोकपथ तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल सडकबाट आफै अनियन्त्रित भई करिब १०।१२ किलो मिटर तल खसेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस